

आइपिएल कृकेट : राजस्थानकाे जित



काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा राजस्थानले चेन्नईलाई ३ रनले पराजित गरेको हो ।
राजस्थानले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै १७२ रन मात्र बनाए पछि खेल ३ रनले हारेको थियो ।
चेन्नईका लागि डेभोन कोनवेले सर्बाधिक ५० रन बनाएका थिए भने महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाएका थिए । त्यस्तै अजिख्य रहानेले ३१ रन बनाए भने रविन्द्र जेडेजाले २५ रन बनाएका थिए ।
त्यसैगरी राजस्थानका बलर आर आश्विन र युजवेन्द्र चहलले २-२ विकेट लिए भने सन्दीप शर्मा र एडम जाम्पाले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै १७५ रन बनाएको थियो ।
राजस्थानका लागि जस बटलरले सर्बाधिक ५१ रन बनाए भने देवदत्त पाडिकलले ३८, आर आश्विन र शिमरोन हेटमायरले ३०-३० रन बनाएका थिए ।
त्यस्तै राजस्थानका बलरआकाश सिंह, टुसार देसपाण्डे र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए । त्यस्तै मोइन अलीले एक विकेट लिएका थिए ।
यो खेलपछि राजस्थानले तेस्रो जित हासिल गरेको छ । राजस्थान ४ खेलमा ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नईको भने यो दोस्रो हार हो । चेन्नईको ४ खेलमा ४ अंकसहित चौथो स्थानमा रहेको छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया