
प्रहरीद्वारा रुकुम पश्चिम झण्डै ७ राेपनी बारीमा लगाइएकाे अफिम खेती नष्ट

रुकुम पश्चिम
रुकुम पश्चिममा प्रहरीले झण्डै सात राेपनी बारीमा लगाइएको अफिम खेती नष्ट गरेकाे छ।
शनिवार हिजाे रुकुमकाे आठबिसकोट नगरपालिका-१३ मा रहेकाे हम्फामा लगाइएको अफिम खेतीकाे फँडानी गरिएको प्रहरीले जनाएको हाे।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार छुट्टाछुट्टै ठाउँमा गरेर झण्डै सात राेपनी जग्गामा अफिम खेती गरिएकाे थियाे ।
इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा गएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो ।
अफिमकाे खेती कसले गरेकाे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया