

सरकार टिकिरहे स्थानीय तहलाई सजिलो हुन्छ : मेयर बालेन



काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताएका छन् ।
काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए ।
उनले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउनुसक्नुपर्ने समेत बताएका छन् । उनले भने, ‘आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् ।’
उपप्रमुख पद उप भए पनि काम प्रमुखको भन्दा ठूलो भएको समेत उनले बताए ।
भोलिसम्म चल्ने सम्मेलनमा देशभरका ४०० बढी उपप्रमुख तथा न्यायिक समितिका सदस्यहरु उपस्थित छन् । सम्मेलनमा न्यायिक समितिसम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत हुनेछ भने काठमाडौं घोषणापत्र समेत जारी गर्ने कार्यक्रम छ ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया