

रुपन्देही र अर्घाखाँचीमा दुई बालकको डुबेर मृत्यु, एक मृत फेला




रूपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ सुन्दरनगरस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक ९ वर्षीय बालको ज्यान गएको छ । वुटवल उपमहानगरपालिका ११ मझुवा बस्ने बाग्लुङ घर भएका बिष्णु विकको छोरा ९ वर्षीय प्रिन्स विकको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा पनि पोखरीमा डुबेर एक पाँच वर्षीय बालको ज्यान गएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ खिदिम बस्ने मौसम दर्लामीको छोरा ५ वर्षीय मनसुन दर्लामीको आफ्नै घर नजिक रहेको पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच रुपन्दैहीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका –२ कर्बला डाँडास्थित खेतमा सोही ठाउँ बस्ने ६८ वर्षीय बलिराम केवट शनिबार मृत अवस्थामा फेला परेका छन् ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया