

बुटवलमा दुईवटा मोटरसाईकल र बस एकआपसमा ठोक्किए, एकको मृत्यु




बुटवल । दुईवटा मोटरसाईकल र बस एकआपसमा ठक्कर खांदा बुटवलमा एकजनाको ज्यान गएको छ ।
बुटवल उपमहानगरपालिका –१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ७२ प ७३९२ नम्बरको मोटरसाइकल सोही दिशा तर्फ जाँदै गरेको लु १ क ५३२ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भएको थियो ।
अनियन्त्रीत भएको सो मोटरसाइकले भैरहवाबाट बुटवल तर्फ आउँदै गरेका लु १७ प ३७६२ नम्बर र लु ६ प ६०२ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको थियो । दुर्घटनामा परी लु ७२ प ७३९२ नम्बरको मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका ४ का २० वर्षीय आविश्कार टण्डनको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बटुवल, रुपन्देहीका सुचना अधिकारी प्र।ना।उ। होम बहादुर थापाले बताए ।
यस्तै लु १७ प ३७६२ नम्बरका मोटरसाइकलका चालक तिलोत्तमा ७ का ३५ वर्षीय हुमबहादुर थापा र सोही मोटरसाइकलको पछाडी सवार सोही ठाउँकै ७० वर्षीया एश्र्वरादेवी थापा घाएते भएका छन् । घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया