

एसइइ परीक्षा तयारी तिव्र, कपिलवस्तुबाट ९ हजार बढी परीक्षामा सामेल हुदैँ





राजेन्द्र खनाल, कपिलवस्तु । माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि कपिलवस्तुमा बिहबार सम्म करिब ९५ प्रतिशत तयारी सकिएको बताइएको छ । यस वर्ष कपिलवस्तुमा एसइइ परीक्षामा ९ हजार बढी विद्यार्थी सहभागि हुदैँ छन् ।
शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका शाखा अधिकृत अर्जुन कुँवरले दिनुभएको जानकारी अनुसार कपिलवस्तुमा यसवर्ष नियमित तर्फ कुल ८ हजार ९ सय ६६ विद्यार्थी परीक्षामा सम्मलित हुदैँ छन् । यस्तै ग्रेड बृद्धी तर्फ ३ सय२२ जना, प्राविधिक तर्फ ४ सय २३ जना गरी कपिलवस्तुमा यसवर्ष कुल ९ हजार ७ सय ११ विद्यार्थीले एसइइ परीक्षा दिने तयारी छ ।
यही चैत्र १७ गते देखि सुरु हुन लागेको उक्त परीक्षाका लागि कपिलवस्तुमा यस वर्ष २ वटा नयाँ परीक्षा केन्द्र थप गरी २७ बाट २९ बनाइएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका स्थित मुरफुटुवामा एउटा र महाराजगञ्ज नगरपालिकामा न्यू शिशु इङ्लिस बोर्डिङ् स्कूलमा एउटा केन्द्र थप गरीएको पनि शाखा अधिकृत कुवँरले साझाकुरासँग बताउनुभयो । जिल्लामा तोकिएका २९ वटै परीक्षा केन्द्रमा परीक्षा संचालनका लागि शिक्षा तथा समन्वय इकाइले तत्काल केन्द्राध्यक्षहरुको नियुक्ती गर्ने तयारी गरेको छ भने तोकिएका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण गरी परीक्षालाई मर्यादित र अनुशासित तवरबाट सम्पन्न गराउने तयारी गरिएको छ ।
यसैबिच कपिलवस्तुमा एउटा पनि केन्द्र नरहेको पालिका पनि रहेको छ । जिल्लाको यशोधरा गाउँपालिकामा एउटा पनि केन्द्र नरहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत अर्जुन कुवँरले जानकारी दिनुभयो । यशोधरा बाहेक जिल्लाका अन्य सबै पालिकामा भने केन्द्र निर्धारण गरिएको छ ।
यस्तै यस वर्षको एसइइ परीक्षा संचालनका लागि आवश्यक पर्ने उत्तर पुस्तिका तोकिएका केन्द्रहरुमा पुगिसकेका छन् भने आवश्यक प्रश्नपत्र पनि जिल्लामा आइसकेको कुवँरले बताउनुभयो । परक्षा संचालनका लागि कार्यालयका तर्फबाट सबै काम तिव्र गतिमा भईरहेको पनि उहाँले बताउनुभयो ।
गत वर्ष कपिलवस्तुमा एसइइमा कुल ८ हजार ८३ विद्यार्थी सामेल भएका थिए भने २७ वटा केन्द्र निर्धार गरी परीक्षा गराइएको थियो । यो वर्ष विद्यार्थी संख्यामा पनि बृद्धी भएको छ भने परक्षा केन्द्र पनि थप गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा (एसइइ परीक्षा चैत्र १७ गते शुक्रवारदेखि २९ गतेसम्म सञ्चालन हुने जनाए अनुसार कपिलवस्तुमा पनि त्यसको तयारी गरिएको हो । बिहान ८ देखि ११ बजेसम्म परीक्षा संचालन हुने राष्ट्रिय परक्षा बोर्डले जारी गरेको समय तालिमा उल्लेख गरिएको छ ।
परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउने गरी तयारी भइरहेको शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुले जानकारी दिएको छ ।
के तपाईले पाउनुभयो परीक्षा समय तालिका ? हुर्नुहोस्


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार












प्रतिक्रिया