
स्ववियु निर्वाचन : रुपन्देहीको छपिया जनता कलेजमा नेविसंघको प्यानलै विजयी

बुटवल । रुपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।
आइतबार सम्पन्न स्ववियु चुनावको मतपरिणाम अनुसार स्ववियु सभापतिमा नेविसंघका अभिषेककुमार यादव निर्वाचित भएका हुन् । यादवले ११३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेनिकट अनेरास्ववियुकी पुष्पा यादवले ५१ मत मात्रै प्राप्त गरिन् ।
त्यस्तै, सचिवमा मुकेश नाउँ र कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट निर्वाचित भएका छन् । यसैगरी, निराजन मुराउ, सरिता मल्लाह, दीपेन्द्र थारु र आशिष जैसवाल सदस्यमा निर्वाचित भएको नेविसंघ रुपन्देही सभापति शमशेर खड्काले जानकारी दिए । स्ववियु निर्वाचनमा यो क्याम्पसमा २ सय ३१ जना विद्यार्थी मतदाता भए पनि १६६ मत खसेको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया