

स्ववियु निर्वाचन : रुपन्देहीको छपिया जनता कलेजमा नेविसंघको प्यानलै विजयी



बुटवल । रुपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।
आइतबार सम्पन्न स्ववियु चुनावको मतपरिणाम अनुसार स्ववियु सभापतिमा नेविसंघका अभिषेककुमार यादव निर्वाचित भएका हुन् । यादवले ११३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेनिकट अनेरास्ववियुकी पुष्पा यादवले ५१ मत मात्रै प्राप्त गरिन् ।
त्यस्तै, सचिवमा मुकेश नाउँ र कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट निर्वाचित भएका छन् । यसैगरी, निराजन मुराउ, सरिता मल्लाह, दीपेन्द्र थारु र आशिष जैसवाल सदस्यमा निर्वाचित भएको नेविसंघ रुपन्देही सभापति शमशेर खड्काले जानकारी दिए । स्ववियु निर्वाचनमा यो क्याम्पसमा २ सय ३१ जना विद्यार्थी मतदाता भए पनि १६६ मत खसेको थियो ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया