

स्ववियु चुनाव आज : बिहान ८ देखि ४ बजेसम्म मतदानको समय

काठमाण्डाै
त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार काठमाण्डौ उपत्यकामा पाँच र बाहिर सात क्याम्पसमा भने आज चुनाव नहुने भएको छ । चुनावको तयारी नभएका क्याम्पसमा मुख्य गरी भर्नासँग सम्बन्धित विषयमा विवाद छ ।
सदस्यसचिव अधिकारीका अनुसार उपत्यकामा त्रिचन्द्र बहुमुखी, रत्नराज्य, पाटन संयुक्त, आयुर्वेद र नेपाल कमर्स क्याम्पसमा चुनाव हुन नसक्ने अवस्था छ । उपत्यकाबाहिर वीरगञ्जकाे ठाकुरराम बहुमुखी, चितवनको वीरेन्द्र, पोखराका पृथ्वीनारायण, इञ्जिनियरिङ तथा नर्सिङ क्याम्पसमा आज चुनाव नहुने भएको हो । त्यसैगरी, बाग्लुङको धवलागिरि बहुमुखी क्याम्पसमा पनि स्थगित भएको छ । पोखराको पृथ्वीनारायण र पोखरा नर्सिङ क्याम्पसमा अदालतको आदेशका कारण चुनावी प्रक्रिया रोकिएका छन् ।
आज चुनाव हुन नसकेका क्याम्पसमा केही दिनमा प्रक्रिया पुर्याएर हुनेछ । केही क्याम्पसमा यसअघि नै निर्विरोध स्ववियुको नेतृत्व चयन भइसकेको छ । स्ववियु चुनावमा धेरैजसो क्याम्पसमा सत्तारूढ गठबन्धनका विद्यार्थी सङ्गठनले तालमेल गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले आचारसंहिता पालना गरी स्ववियु चुनाव गर्न/गराउन सम्बन्धित पक्षलाई अपिल गरेको छ । गएको फागुन १९ गतेदेखि चुनावी प्रक्रिया सुरु भएको हो । त्रिविले मिश्रित निर्वाचन प्रणाली अपनाएको छ ।
२०७३ मा पहिलो पटक मिश्रित निर्वाचन प्रणाली र २८ वर्षे उमेर हदबन्दी लगाएर चुनाव भएको थियो । तर त्यसबेला धेरै क्याम्पसमा चुनाव नै हुन सकेन । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ । पानीका बोतल, पेट्रोल, डिजेल, जाँडरक्सी, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ, मसी मतदानस्थलमा लैजान निषेध गरिएको छ ।
मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनियरिङ क्याम्पस, थापाथली इञ्जिनियरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव अधिकारीले जानकारी दिनुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया