

२२ औं तिलोत्तमा गोल्ड कप : सुदूरपश्चिमसँग आयोजक रुपन्देही पराजित



बुटवल । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले २२ औं तिलोत्तमा गोल्ड कप फबुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बुटवलमा शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक करेन्ट रुपन्देही ११ लाई ३–१ ले हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमका लागि फागुराम थारुले २ गोल र स्वाय्म्बाले गोल गरेका थिए । रुपन्दहीका लागि फोफानाले गोल गरेका थिए । फागुरामले ३१ औं मिनेटमा पहिलो गोल गरे । ४६ औं मिनेटमा स्वाय्म्बाले झण्डै ३५ यार्डमा फ्रिकिकमा गोल गरे । ६८ औं मिनेटमा फागुरामले अर्को गोल थपे । खेलको अन्तिम मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल फर्काएका थिए ।
सुदूरपश्चिमका फागुराम खेलको म्याराथन अफ दी म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे । रुपन्देहीका प्रशिक्षक पुकार गहतराजले फिनिसिङमा टोली चुकेको बताएका छन् । सुदुरपश्चिमका प्रशिक्षक अनिल कठायतले भने उच्च मनोबल र सामूहिक प्रदर्शनबाट जित सम्भव भएको बताएका छन् ।
थ्रीस्टार र हिमालयन शेर्पा भिड्ने
प्रतियोगितामा आइतबार थ्री स्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टारले २० औं संस्करणको उपाधि जितेको थियो भने हिमालयन शेर्पा अहिले सम्म विजेता बन्न सेकेको छैन ।
तिलोत्तमाको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् भने विधागत उत्कृष्ट खेलाडीले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा मनाङ मस्र्याङ््दी क्लब, नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब र फ्रेन्ड्स क्लबको पनि सहभागिता रहेको छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया