

कपिलवस्तुका एक फरार प्रतिवादीलाई इन्टरपोल मार्फत पक्राउ


कपिलवस्तु । कपिलवस्तुमा कर्तव्य ज्यान मुद्धामा संलग्न रही ३ वर्षदेखि फरार रहेका एक प्रतिवादी ईन्टरपोल मार्फत पक्राउ परेका छन्। ईन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट शुक्रवार कपिलवस्तुमा ल्याइएको हो। कपिलवस्ततुको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ का २३ वर्षिय शिव शरण चौधरीलाई युएईबाट कपिलवस्तु ल्याइएको हो।
कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गंगाराम थारूलाई २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी उनी सहीत ६ जना मिलेर हत्या गरेका थिए। घटना पछि फरार रही २०७८ असोज २२ गते वैदेशिक रोजगारको लागि युनाईटेड अरव ईमिरेट्समा गएका थिए। सो घटनामा संलग्न अन्य ५ जना यस अघि नै पक्राउ परेका थिए।
उनलाई इन्टरपोलअन्तर्गत नेपालमा रहेको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँको अनुरोध र एनसिबी युएईको सहयोगमा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलेले बताए। बिक्कि भन्ने बिक्रम थारु, राम सेवक थारु, बिष्णु प्रसाद चौधरी, ईन्द्रा थारु र लिलाराम थारु समेत सो घटनामा संलग्न रहेका थिए।
सो घटनामा अदालतको आदेश पछि एक लाख धरौटीमा ३ जना रिहा भएका छन भने २ जना पुर्पक्षकालागि थुनामा गएका थिए। पक्राउ परेका शिवचरणलाई अदाललबाट म्याद थपेर घटनाको अनुसंधान गरिएको प्रहरी उपरिक्षक घलेले बताए।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया