

कपिलवस्तुका एक फरार प्रतिवादीलाई इन्टरपोल मार्फत पक्राउ



कपिलवस्तु । कपिलवस्तुमा कर्तव्य ज्यान मुद्धामा संलग्न रही ३ वर्षदेखि फरार रहेका एक प्रतिवादी ईन्टरपोल मार्फत पक्राउ परेका छन्। ईन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट शुक्रवार कपिलवस्तुमा ल्याइएको हो। कपिलवस्ततुको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ का २३ वर्षिय शिव शरण चौधरीलाई युएईबाट कपिलवस्तु ल्याइएको हो।
कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गंगाराम थारूलाई २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी उनी सहीत ६ जना मिलेर हत्या गरेका थिए। घटना पछि फरार रही २०७८ असोज २२ गते वैदेशिक रोजगारको लागि युनाईटेड अरव ईमिरेट्समा गएका थिए। सो घटनामा संलग्न अन्य ५ जना यस अघि नै पक्राउ परेका थिए।
उनलाई इन्टरपोलअन्तर्गत नेपालमा रहेको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँको अनुरोध र एनसिबी युएईको सहयोगमा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलेले बताए। बिक्कि भन्ने बिक्रम थारु, राम सेवक थारु, बिष्णु प्रसाद चौधरी, ईन्द्रा थारु र लिलाराम थारु समेत सो घटनामा संलग्न रहेका थिए।
सो घटनामा अदालतको आदेश पछि एक लाख धरौटीमा ३ जना रिहा भएका छन भने २ जना पुर्पक्षकालागि थुनामा गएका थिए। पक्राउ परेका शिवचरणलाई अदाललबाट म्याद थपेर घटनाको अनुसंधान गरिएको प्रहरी उपरिक्षक घलेले बताए।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया