

नेपाल भारत महिला फुटबल आज


काठमाण्डौँ
भारत भ्रमणमा रहको नेपाली महिला फुटबल टिमले आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै छ । चेन्नाईमा रहेको जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतसँग राति सवा ७ बजे प्रतिस्पर्धा गर्ने छ ।
पहिलो खेलमा २–२ गोलको रोमाञ्चक बराबरी गरेको नेपाल आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रन सकेको छैन । हालै साफ यू २० मा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको टिमका खेलाडी पनि रहेकाले मनोबल भने उच्च रहेको छ ।
पहिलो खेलमा २ गोलले पछि परेको नेपालको सकंट मोचकको रुपमा सावित्र भण्डारी देखिएकी थिइन् । नेपाली महिला टिमकी गोल मेसिन सावित्राले दुई गोल गर्दै रोमाञ्चक बराबरीमा ल्याएकी थिइन् ।








प्रतिक्रिया