

बाणगंगा ७ का १ सय एकल महिलाले पाए न्यानो कपडा





रामबहादुर गन्धर्व,कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.७ ले आफ्नो वडा भित्रका एकल महिलाहरुलाई न्यानो कपडा हुड वितरण गरेको छ ।
वडा भित्र रहेका ५५ बर्ष मुनिका १ सय जना एकल महिलाहरूलाई सम्मान कार्यक्रमको आयोजना गरि उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।
यस अघिका वर्षमा समेत वडा नम्मर ७ ले वडाका ज्येष्ठ नगारिक, विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लगाएतलाई न्यानो कपडा वितरण गरेको थियो । यस वर्षको लक्षित वर्गको कार्यक्रमबाट वडाका एकल महिलाहरुलाई लक्षित गरि कार्यक्रम गरिएको वडा अध्यक्ष गिरीले बताउनु भयो । वडा अध्यक्ष विष्णु गिरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका मेयर चक्रपाणी अर्यालको प्रमूख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मेयर अर्यालले वडा नम्बर ७ ले सवै वर्गका मानिसहरुलाई वडाका कार्यक्रममा समेट्ने काम गरेको बताउनुभयो ।
कार्यक्रममा वडाका सम्पूर्ण टोलबिकास संस्थाका पदाधिकारी , स्थानीय समाजसेवी ,बुद्धिजीवी लगाएतको उपस्थिति रहेको कार्यक्रम हरिशंकर पौडेलको स्वागत मन्त्व्य र वडा सचिव सन्तोष कुमार बैठाको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार












प्रतिक्रिया