बाणगंगा ७ का १ सय एकल महिलाले पाए न्यानो कपडा

रामबहादुर गन्धर्व,कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.७ ले आफ्नो वडा भित्रका एकल महिलाहरुलाई न्यानो कपडा हुड वितरण गरेको छ ।

वडा भित्र रहेका ५५ बर्ष मुनिका १ सय जना एकल महिलाहरूलाई सम्मान कार्यक्रमको आयोजना गरि उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।

यस अघिका वर्षमा समेत वडा नम्मर ७ ले वडाका ज्येष्ठ नगारिक, विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लगाएतलाई न्यानो कपडा वितरण गरेको थियो । यस वर्षको लक्षित वर्गको कार्यक्रमबाट वडाका एकल महिलाहरुलाई लक्षित गरि कार्यक्रम गरिएको वडा अध्यक्ष गिरीले बताउनु भयो । वडा अध्यक्ष विष्णु गिरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका मेयर चक्रपाणी अर्यालको प्रमूख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मेयर अर्यालले वडा नम्बर ७ ले सवै वर्गका मानिसहरुलाई वडाका कार्यक्रममा समेट्ने काम गरेको बताउनुभयो ।

कार्यक्रममा वडाका सम्पूर्ण टोलबिकास संस्थाका पदाधिकारी , स्थानीय समाजसेवी ,बुद्धिजीवी लगाएतको उपस्थिति रहेको कार्यक्रम हरिशंकर पौडेलको स्वागत मन्त्व्य र वडा सचिव सन्तोष कुमार बैठाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया