

आशा लघुवित्तद्धारा बित्तिय साक्षरता तालिम प्रदान



रामबहादुर गन्धर्व, कपिलवस्तु । बिपन्न समूदायका लागि आशा लघुवित्त वित्तीय संस्था लि. बाणगंगा ७ बनगाई कपिलवस्तुले आफ्ना सेवा क्षेत्रका सम्पुर्ण सदस्यहरूलाई १ दिने वित्तिय साक्षरता तालिम प्रदान गरेको छ ।
शुक्रबार (आज) आयोजना गरिएको कार्यक्रममा संस्थामा आबद्व भएका सदस्यहरूलाई आत्मनिर्भर बनाउन थप सहयोग पुग्ने विश्वास लिइएको छ । यस्तै संस्था प्रति सकारात्मक सोचको बिकास गर्न तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ। ८० जना सहभागी रहेको उक्त तालिमको सहजीकरण बिभागिय प्रमुख रबिन खतिवडाले गरेका थिए ।
आशा लघुवित वित्तीय संस्था २०७३ साल बैशाख ५ गते भई संचालनमा आएको हो । यो संस्था हाल २९ वटा जिल्लामा ५५ शाखा संख्या र ५७ कार्यालय रहेको छ । कुल केन्द्र संख्या ६ हजार १९० र कुल सदस्य संख्या ७५ हजार ८ सय रहेको सम्पन्न तालिममार्फत जानकरी दिइएको छ ।यसैबिच सोही कार्यक्रमबाट संस्थाले केन्द्र न.२९को लगनशील महिला समूह प्रथम हुन सफल भएको भन्दै सम्मान पत्र सहित नगद ५ हजार प्रदान गरेको छ भने द्वितीय ,तृतीय ,र सान्त्वना स्थान हासिल गर्नेहरूलाई स्थान अनुसारको सम्मान गरेको छ। कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याएका एक स्थानीय विद्यार्थीलाई नगद २ हजार प्रदान गरेको छ ।
शान्त सापकोटाको अध्यक्षता रहेको कार्यक्रम बद्री अधिकारीको प्रमुख आतिथ्यता र महेश गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो






प्रतिक्रिया