

प्रदेश राजधानीप्रति नेविसंघ सितगंगाको समर्थन


असोज १८ कपिलवस्तु
पाँच नम्बर प्रदेशको स्थायी राजधानीको विषयले प्रदेश तातिरहेका बेला नेपाल विद्यार्थी संघ सितगंगा अर्घाखाँचीले सरकारको यो निर्णय स्वागतयोग्य भएको बताएको छ । नेविसंघ सितगंगा नगर सभापति बसन्त पौडेलले हाल प्रदेशका बाह्र जिल्लाका जनताहरुलाई पायक पर्ने स्थानमा राजधानीको प्रस्ताव पेश हुनु सुखद रहेको बताउनुभयो । दाङ जिल्लाको देउखुरी, अर्घाखाँचीको सितगंगाको केही क्षेत्रलाई समेट्ने गरी सरकारले ल्याएको यो प्रस्ताव स्वागत योग्य रहेको पौडेलले बताउनुभयो ।
नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको नेविसंघले समर्थन जनाईरहदा प्रदेशका पुर्वी जिल्लामा भने कांग्रेस नेताहरुले राजधानी वुटवल हुनुपर्ने भन्दै आन्दोलन चर्काईरहेका छन् ।
यता बर्दिया कांग्रेसले पनि सरकारको निर्णय प्रति समर्थन जनाएको छ । तर कपिलवस्तु जिल्लामा भने कपिलवस्तुलाई राजधानी बनाईनुपर्ने आवज उठीरहेका बेला नेविसंघ सितगंगाले राजधानीको विषयमा समर्थन जनाएको हो । हाल पेश भएको राजधानीले सितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ लाई समेटेको छ ।
यसैबिच नेविसंघ सभापति पौडेलले सितगंगाको वडा नम्बर ११ र १२ का पहिरो पिडितहरुलाई अवस्यक राहत उपलब्ध गराउन पनि सबैपक्षलाई आग्रह गर्नुभएको छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया