

प्रदेश राजधानीप्रति नेविसंघ सितगंगाको समर्थन



असोज १८ कपिलवस्तु
पाँच नम्बर प्रदेशको स्थायी राजधानीको विषयले प्रदेश तातिरहेका बेला नेपाल विद्यार्थी संघ सितगंगा अर्घाखाँचीले सरकारको यो निर्णय स्वागतयोग्य भएको बताएको छ । नेविसंघ सितगंगा नगर सभापति बसन्त पौडेलले हाल प्रदेशका बाह्र जिल्लाका जनताहरुलाई पायक पर्ने स्थानमा राजधानीको प्रस्ताव पेश हुनु सुखद रहेको बताउनुभयो । दाङ जिल्लाको देउखुरी, अर्घाखाँचीको सितगंगाको केही क्षेत्रलाई समेट्ने गरी सरकारले ल्याएको यो प्रस्ताव स्वागत योग्य रहेको पौडेलले बताउनुभयो ।
नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको नेविसंघले समर्थन जनाईरहदा प्रदेशका पुर्वी जिल्लामा भने कांग्रेस नेताहरुले राजधानी वुटवल हुनुपर्ने भन्दै आन्दोलन चर्काईरहेका छन् ।
यता बर्दिया कांग्रेसले पनि सरकारको निर्णय प्रति समर्थन जनाएको छ । तर कपिलवस्तु जिल्लामा भने कपिलवस्तुलाई राजधानी बनाईनुपर्ने आवज उठीरहेका बेला नेविसंघ सितगंगाले राजधानीको विषयमा समर्थन जनाएको हो । हाल पेश भएको राजधानीले सितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ लाई समेटेको छ ।
यसैबिच नेविसंघ सभापति पौडेलले सितगंगाको वडा नम्बर ११ र १२ का पहिरो पिडितहरुलाई अवस्यक राहत उपलब्ध गराउन पनि सबैपक्षलाई आग्रह गर्नुभएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया