

जनता समाजवादी कपिलवस्तुको बैठक तौलिहवामा सम्पन्न





साउन १६ कपिलवस्तु ।। जनता समाजबादी पार्टी कपिलवस्तुको प्रथम अनोपचारिक बैठक आज जिल्ला सदरमुकाम तौलिहवामा सम्पन्न भएको छ । सदरमुकाम तौलिहबामा आज बसेको जसपाको बैठकले पार्टीको जिल्ला कार्यालय भोली देखि नै सयुक्त संचालन गर्ने निर्णय गरेको जनाएको छ ।
त्यस्तै पार्टीको स्थायी जिल्ला कार्यालयको स्थापनाका लागि जग्गाको आवस्यक प्रबन्ध मिलाई आफ्नै भबन निर्माणका लागि आबस्यक तयारी गर्ने पनि निर्णय गरेको जसपा नेता शैलेन्द्र यादवले जानकारी दिनुभयो । त्यसतै बैठकले पार्टी सदस्यता विस्तारका लागि प्रबेश गर्न इचछुक मानिसहरुको नामावली तयार गरि उपयुक्त समयमा प्रबेश गराउन पहल गर्ने जनाएको छ । जिल्लामा भैपरी आउने नियमित काम मा एकरुपता ल्याउन १० बटा स्थानीय तहमा पुर्ब दुबै पार्टीका अध्यक्षहरुले सबै कामको समायोजन आपसी परामर्श र सहमतिको आधारमा गर्ने गरी जिम्मेवारी पनि दिएको छ । बैठकमा तत्कालिन समाजवादी पार्टी र जनता पार्टी नेपालका केन्द्रिय सदस्यहरु, प्रदेश पदाधिकारीहरु र जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया