

उपसभामुखको निर्वाचन आज



काठमाडौं
उपसभामुखको निर्वाचन आज हुँदैछ । संसद सचिवालयको तालिका अनुसार प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज १ बजेपछि निर्वाचन हुने भएको हो ।
प्रतिनिधिसभाको बैठक आज १ बजे संसद भवन नयाँ वानेश्वरमा हुँदैछ । उक्त बैठकमा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने र लगत्तै उपसभामुखको निर्वाचन हुने जनाइएको छ ।
उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ । शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि समयसीमा तोकिएको थियो ।
जसमा सत्ता पक्षबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।
रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।
त्यस्तै उता विपक्षीका तर्फबाट उम्मेदवारी दिएकी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । संसदले सभामुखमा देवराज घिमिरेलाई निर्वाचित गरिसकेको छ ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया