

कुनै दबाब र प्रभावमा परेर काम गर्दिनँ : गृहमन्त्री लामिछाने



काठमाण्डौँ
गृहमन्त्री रवि लामिछानेले आफू कुनै प्रभाव र दबाबमा नपरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सभामुखको निर्वाचन प्रक्रियामा एमाले सांसद देवराज घिमिरेलाई समर्थन गर्ने क्रममा सो उनले सो प्रतिबद्धता जनाएका हुन् ।
बैठकमा सभाध्यक्षको ध्यानाकर्षण गराउँदै काँग्रेस सांसद रामहरि खतिवडाले सभामुखको निर्वाचन प्रक्रियामा हत्या आरोपी सांसद आएको र उनलाई पक्राउ गर्न माग गरेपछि लामिछानेले प्रक्रिया अनुसार कदम चाल्ने बताएका थिए । उनले विधि र पद्धति भन्दा गृह मन्त्रालय बाहिर नजाने प्रतिबद्धता जनाए ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया