

खादा र मालाको सट्टा ‘डोनेसन’ गर्न मन्त्री किरातीले कार्यकक्षमै टाँसे सूचना



काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयमा नयाँ अभ्यासको थालनी गरेका छन् । आफूलाई खादा, फूल माला लिएर बधाई दिन आउने शुभचिन्तकका लागि मन्त्री किरातीले ‘डोनेक्सन बक्स’ को व्यवस्था गरेका छन् ।
मन्त्री किरातीले आफ्नै कार्यकक्षमा डोनेसन बक्सको व्यवस्था गरेका छन् । शुभचिन्तकहरुले फूलामाला किन्ने पैसा त्यहाँ खसाल्न सक्छन् । जुन पैसा दुर्गम क्षेत्रमा शिक्षाका लागि खर्च गरिने भनिएको छ ।

बक्समा टाँसिएको स्टिकरमा भनिएको छ, ‘खादा, माला, फूलको सट्टामा दुर्गम क्षेत्रमा शिक्षा विकासको लागि गरिदिनुहुन अनुरोध छ । धन्यवाद’
मन्त्री किरातीले मंगलबार कार्यभार सम्हाल्दै गर्दा फूलामाला र खादा लिएनन् । उनले अहिलेको यो विपद्को घडीमा फूलमाला लिन असमर्थ रहेको भनेका थिए । उनले पोखरा विमान दुर्घटनाको प्रसंगलाई जोडेर तत्काल फूलमाला ग्रहण गर्न असमर्थ रहेको पनि बताएका थिए ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया