

माघीको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा





कपिलवस्तु । थारु जातिको मुख्य पर्व माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा विदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयकी कानून अधिकृत सीता घिमिरेले जानकारी दिइन्।
प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक विदा हुनेछ। प्रदेश सरकारले माघी दिवस मनाउने लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ। सोमवार मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरि महोत्सव मनाउन लागेको हो।
माघे संक्रान्ती÷माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रम, २०७९ लाई विशेष र व्यवस्थित बनाउन मुख्यमन्त्री लिला गिरीले सचिवहरुलाई निर्देशन दिएको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए। मुख्यमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा प्रमुख सचिव डा।दिपक काफ्ले र विभिन्न मन्त्रालयका सचिवहरुले मातहतका मन्त्रालयको अवस्थाका बारेमा जानकारी गराएका थिए। बैठकमा मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसीको पनि उपस्थिति थियो।
माघी महोत्वसका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, झाँकीहरुलाई उत्कृष्टताका आधारमा प्रोत्साहन स्वरुप पुरस्कृत समेत गर्ने गरि तयारी भइरहेको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए। महोत्सवका लागि मुल आयोजक समिति, व्यवस्थापन समितिलगायतका समितिहरु समेत गठन गरिएको छ।
माघी उत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा २ वटा थारु झाँकी, २ वटा मगर झाँकी र १(१ वटा गुरुङ र नेवार झाँकीको व्यवस्था मिलाउने, झाँकीको प्रस्तुती गर्ने टोलीलाई प्रति टोली जम्मा २० हजार रकम यातायात खर्च बापत मन्त्रालयले उपलब्ध गराउने गरि तयारी भइरहेको सचिव धमलाले बताए।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया