

दादुरा फैलिएको नेपालगञ्जमा झण्डै १० हजारलाई खोप वितरण, विद्यालय बन्द गरेर खोप अभियान चल्दै





काठमाण्डाै – दादुरा फैलिएको बाँकेको नेपालगञ्ज उपमहानगरमा झण्डै १० हजार बालबालिकालाई खोप लगाइएको छ । अहिलेको खोप अभियानमा उपमहानगरभित्रका झण्डै १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।
हिजोसम्ममा ६ महिनादेखि १५ वर्षसम्मका ९ हजार ९ सय ६३ जनालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । बाँकीलाई अबको तीन/चार दिनभित्र खोप दिइनेछ । खोपमा पहुँच नपुग्दा र धेरैले नियमित खोप नलगाएका कारण नेपालगञ्जमा दादुरा फैलिएको पाइएको छ ।
बाँकेलाई दुई वर्षअघि नै पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । तर गएको पुस १३ गतेयता नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा गरी १ सय ३० जनामा सङ्क्रमण देखिएको छ भने एक जनाको ज्यान गएको छ । बाँकेको खजुरा गाउँपालिकामा पनि २ जनामा दादुरा सङ्क्रमण देखिएको छ ।
सङ्क्रमण देखिएकामध्ये ६० जना उपचारमा छन् भने अरु निको भइसकेका छन् । खोप अभियान प्रभावकारी बनाउन र सङ्क्रमण रोकथाम गर्न नेपालगञ्ज उपमहानगरमा आउँदो मङ्गलवारसम्मका लागि विद्यालय बन्द गरिएको छ। आवश्यकता अनुसार विद्यालय थप एक हप्ता बन्द गर्ने तयारी रहेको पनि प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्जका वडा नम्बर १, ९, १०, ११, १४, १५ र २२ मा दादुराको सङ्क्रमण फैलिएको छ । परीक्षण, चेतनामूलक कार्यक्रम, बिरामीको थप खोजी र खोप अभियान तीव्र पारिएको उहाँको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गर्दै आएको छ । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको नियमित खोप लगाउन आग्रह गर्नुभयो । यो खोप सरकारले निःशुल्क दिँदै आएको छ ।
बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउने गरिन्छ । तर खोप अभियानका बेला यसअघि लगाएका र छुटेका १५ वर्षसम्मका सबै बालबालिकालाई खोप दिने गरिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले बताउनुभयो । उहाँका अनुसार दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राताराता बिमिरा आउने लक्षण देखिन्छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया