

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली तर पानी पर्ने सम्भावना कम



काठमाण्डाै
आज सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । यी प्रदेशमा मौसम बदली भइरहे पनि पानी भने पर्न सकेको छैन ।
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नहुँदा देशभर नै पानी पर्न सकेको छैन । आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो छ । दिउँसो पछि हट्ने अनुमान गरिएको छ ।
काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । काठमाण्डौ उपत्यकामा बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ । पारिलो घाम लाग्न थालेकाले दिउँसोको समयमा खासै चिसो छैन ।
बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया