

लियो लर्ड बुद्धले देवदहमा म्यारथन प्रतियिगिता आयोजना गर्ने





सुरज भट्टराई / देवदह
लियो क्लब अफ लर्ड बुद्धले रुपन्देहीको देवदहमा म्यारथन प्रतियिगिता आयोजना गर्ने भएको छ। देवदह ५ स्थित ओस्टिल क्याफेमा आज पत्रकार सम्मेलनको आयोजना गरि यहि आउदो माघ १४ गते देवदह म्याराथनको छैठौं संस्करण “देवदह म्याराथन २०७९” आयोजना गर्ने जानकारी गराएको हो।
देवदहमा भएका धार्मिक तथा पुरातात्वित्क महत्व बोकेका पर्यटकिय स्थलहरुको प्रचार प्रसारसगै युवाहरूलाई खेलकुद मार्फत देवदहको समृद्धिको अभियानमा लाग्न प्रेरित गर्न र पर्यटन स्थलको प्रवर्धनको लागि पूर्वाधार निर्माण तर्फ सरोकारवाला निकायहरुको ध्यान केन्द्रित गर्न, यो कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष राहुलदेव सापकोटाले बताउनुभयो। आयोजकले प्रतियोगिता सम्पन्न गर्न ५ लाख १५ हजार रुपैया खर्च लाग्ने अनुमान गरेको जनाएको छ।
साथै प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय पुरुष र महिलालाई पुरस्कार स्वरुप नगद रु २५ हजार, १५ हजार, १० हजार र साथमा मेडल, सिल्ड तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताको संयोजक विवेक कार्कीले बताउनुभयो।
लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष लियो राहुल देव सापकोटाको अध्यक्षता भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष देपेश मल्ल, पुर्व अध्यक्षहरु गोपाल पाण्डे, कमल ज्ञवाली, सन्दिप तिवारी, क्लबका उपाध्यक्ष प्रदिप पाण्डे,सचिब अनिस पोखरेल लगाएत क्लबका सदस्य र पत्रकारहरुको उपस्तिथि रहेको थियो। लियो क्लब अफ लर्ड बुद्धले, यो भन्दा अघि वि. सं. २०७२ साल देखि नै म्याराथन प्रतियोगिता संचालन गर्दै आइरहेको छ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया