

प्रतिनिधिसभाको पहिलो बैठक बस्दै, के-के हुन्छ आज ?



काठमाडौं
प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । मंसिर ४ गते सम्पन्न आम निर्वाचन पछि निर्वाचित सांसदहरुको पहिलो बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अविवेशन पुस २५ अर्थात आजका लागि आह्वान गरेकी थिइन् । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।
आजको बैठकको अध्यक्षका रुपमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणा रहने छन् । बैठकको प्रारम्भमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयद्वारा पठाइएको प्राप्त पत्र पढेर सुनाइने तालिका छ ।
त्यस्तै राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाइने छ ।
बैठकमा शोक प्रस्तावको समेत कार्यसूची तय भएको छ । संविधानसभाका सदस्य बालकृष्ण ढुंगेल र झुलबहादुर आले र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका पूर्वसदस्य मैयादेवी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित हुने जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामनासहित आफ्नो धारणा राख्ने पनि कार्यसुची रहेको छ । संसदको संसद अधिवेशनको पहिलो दिन शुभकामना दिने कार्यक्रम विगतकै प्रचलन हो ।
आजको बैठकपछि भोलि अर्थात पुस २६ गते नै प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिँदैछन् । उनी एमालेसहित ७ दलको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया