बाणगंगाको पशु बिकास बहुउद्देश्यीय सहकारीको अध्यक्षमा खडगबहादुर थापा चयन

रामबहादुर गन्धर्व, कपिलवस्तु समाचारदाता । कृषि तथा पशु बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका ६ कपिलवस्तुको दशौँ साधरणसभा तथा चौथो अधिवेशन शनिबार एक कार्यक्रम बिच लक्ष्मणघाटमा सम्पन्न गरेको छ।

ठाकुर प्रसाद पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रमले खडगबहादुर थापा अध्यक्ष रहने गरि ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। जसको उपाध्यक्षमा रामचन्द्र मरासिनी ,सचिवमा चन्द्रमणी क्षेत्री ,र कोषाध्यक्षमा अपिला टण्डन (भुसाल )रहेका छन् भने सदस्यहरूमा हुमनाथ भट्टराई ,शशिधर सापकोटा, दोर्णराज आचार्य लगाएत रहेका छन् ।

अधिवेशनले १ महिला सदस्य रहने गरि दिपेन्द्र आचार्यको संजोकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ। नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिदै वडा न.५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसाल, बाणगंगा नगरपालिका कृषि शाखाका अधिकृत धनिराम आचार्यले कृषिलाई उद्यमशीलता सँग जोडदै प्रस्तावना पेश गरेमा नगरका कार्यक्रम प्रदान गर्न तत्पर रहेको बताउदै सफलताको शुभकामना दिएका थिए ।

यसै बिच संस्थाका लेखा समिति संयोजक चन्द्रमणी क्षेत्रीले संस्थामा कुल ३३३ जना शेयर सदस्य रहेकोमा महिला १०८ र पुरूष २२३ जना आबद्व रहेको बताउदै संस्थाको शेयर पुँजी २२ लाख २७ हजार ५ सय रहेको, कुल बचत १३ लाख ३८ हजार १ सय ७३ रहेको जानकारी दिए ।

यस्तै सचिव रामचन्द्र मरासिनीले प्रगति प्रतिवेदन पेश गरेका थिए । संस्थाका ब्यस्थापक रितु पोख्रेलले १ करोड ९५ लाख ४२ हजार ९ सय २५ बराबरको आय ब्याय पेश गरेकी थिइन ।

वडा नम्बर ६ का वडा अध्यक्ष करूण टण्डनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बाणगंगा पशु शाखाका प्रमुख राजन तिवारीको बिशिस्ट आतिथ्यता र वडा न.५÷६का जनप्रतिनिधि, टोलबिकास संस्था, विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारी लगाएतको सक्रिय सहभागी रहेको उक्त कार्यक्रम खडग बहादुर थापाको स्वागत तथा हुमनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै