

सन्दीप लामिछानेको ‘डिप्रेसन’ लेभल बढ्यो, बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मी पुगे कारागार

काठमाडौं । नाबालिग जबर्जस्तीकरणी मुद्धामा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको डिप्रेसनको मात्रा बढेको छ ।
लामिछानेको डिप्रेसन मात्रा बढेसँगै सोमबार बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मी कारागारमा पुगेर लामिछानेलाई मनोपरामर्श दिएको बताइएको छ ।
डिप्रेसनले अलि बढी सताउन थालेपछि केही समययता सन्दीपको बोली बचन र व्यवहारमा अरुबेलाभन्दा भिन्न देखिएको छ । त्यसैले अहिले सन्दीपलाई मनोपरार्श चाहिएकाले मनोपरामर्शविद रेग्मी त्यहाँ पुगेकी हुन् ।
कारागारमा काउन्सिलिङका लागि भिन्नै कोठाको व्यवस्था नहुँदा सन्दीपलाई काउन्सिलिङ गर्न कठीन भएको छ। अहिले सामूहिक कैदी बन्दीहरू बसेकै कोठामा काउन्सिलिङ गर्नुपर्ने बाध्यता रहेको छ ।
सन्दीप असोज २० गते १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा त्रिवि विमानस्थलबाट पक्राउ परेका थिए ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया