

महरा बने माओवादीको लुम्बिनी प्रदेश संसदीय दलको नेता



बुटवल
नेकपा माअेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् ।
सोमबार माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।
लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलको नेतामा महरासँगै इन्द्रजित थारु र बसन्त घर्ती पनि आकांक्षी थिए । तर माओवादीको लुम्बिनी प्रदेश कमिटीले महराको नाम प्रस्ताव गरेर सर्वसम्मत नेता चयन गर्न निर्देशन दिएको हो ।
संसदीय दलको उपनेता र सचेतक पछि चयन गर्ने प्रदेश अध्यक्ष बरालले जानकारी दिए ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया