

बुटवलमा दर्ता नभएका ई-रिक्सा चलाउन नपाइने



रुपन्देही
बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ । बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई-रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएकाे भन्दै यस्ताे निर्णय गरेकाे हाे । बुटवलमा अब दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सा मात्रै चल्न पाउने उपमहानगरले जनाएकाे छ ।
विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरका मेयर खेलराज पाण्डेले जानकारी दिनुभयो ।
दर्ता नभएका ई-रिक्सा सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिएर कारबाही गरिने राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनु भयो ।
बुटवलमा दर्ता नभएका १ सय ८४ ई-रिक्सा रहेका उपमहानगरपालिकाका वित्त व्यवस्थापन, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयाे ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया