

बुटवलमा दर्ता नभएका ई-रिक्सा चलाउन नपाइने



रुपन्देही
बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ । बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई-रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएकाे भन्दै यस्ताे निर्णय गरेकाे हाे । बुटवलमा अब दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सा मात्रै चल्न पाउने उपमहानगरले जनाएकाे छ ।
विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरका मेयर खेलराज पाण्डेले जानकारी दिनुभयो ।
दर्ता नभएका ई-रिक्सा सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिएर कारबाही गरिने राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनु भयो ।
बुटवलमा दर्ता नभएका १ सय ८४ ई-रिक्सा रहेका उपमहानगरपालिकाका वित्त व्यवस्थापन, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयाे ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया