
प्रदेश नम्ब ५ : स्थायी राजधानी दाङको भालुवाङ बनाउने , नाम लुम्बिनी

ई–साझाकुरा, असोज १६
देश नम्बर ५ को स्थायी राजधानी दाङ जिल्लाको भालुवाङ बनाउने सहमति जुटेको छ । प्रदेश ५ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानी भालुवाङ बनाउने निर्णय गरेको हो ।
यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रदेश ५ को स्थायी राजधानी भालुवाङलाई बनाउने पक्षमा सहमति जुटाइ सकेका थिए ।

मन्त्रिपरिषदको यो निर्णयसँगै भालुवाङ बजारलाई केन्द्रमा बनाएर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई समावेश गरेर प्रदेशको राजधानी बन्ने भएको छ ।
यसैबीच आजै बसेको प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले प्रदेश नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित गरेको छ । प्रदेश राजधानी र प्रदेशको नामबारे प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा प्रस्ताव पेस गर्नुभएको थियो ।
प्रदेशको नाम र राजधानी तोक्ने अधिकार सविधानत प्रदेश सरकारलाई छ । मन्त्री केसीले प्रस्ताब पेस गर्दै गर्दा केही सांसदहरुबाट बिरोधसमेत भएको थियो । यसअघि प्रदेश ५ को राजधानीका बिषयमा रुपन्देही र दाङको चर्चा हुँदै आएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया