रुपन्देहीमा पाँच वर्ष कैद फैसला भई फरार युवक पाँच वर्षपछि पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले ब्राउन सुगर मुद्धामा पाँच वर्ष कैद सजाए सुनाइएका फरार अभियुक्तलाई पाँच वर्ष पछि पक्राउ गरेको छ ।

२०७२ साल चैत्र ७ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १बेलहिया स्थित सडकमा प्रहरी चेकजाँचको क्रममा रुपन्देही साविक रुद्रपुर गाविस वडा नं ५ हालको कञ्चन गाँउपालिका वडा नं ४ वस्ने वर्ष २६ को नारायण बस्याल र सँगै रहेका १ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई चेकजाँच गर्दा नारायण बस्यालले भारत सुनौली स्थित एक व्यक्तिको घरबाट दुई हजार चार सय रुपैँँयामा २ पुरिया ब्राउन सुगर किनी आफैले लगाएको पेन्टिकट्टुभित्र लुकाई नेपालतर्फ ल्याएको अवस्थामा फेला पारी पक्राउ गरी लागु औषध मुद्दा चलाईएको थियो ।

उक्त मुद्धामा जिल्ला अदालतको फैसलाले उनीहरुलाई रु १० हजार जरिवाना भई छुटेकोका थिए । उता उच्च अदालत बुटवल तुल्सीपुर दाङको २०७४ भाद्र २१ गतेको फैसलाले ५ बर्ष कैद र पाँच हजार रुपैँया जरिवाना हुने ठहरेको थियो । अदालतको उक्त फैसला पछि नारायण बस्याल फैसला मितिदेखिनै हालसम्म देश विदेशमा लुकिछिपी फरार भई बसेको प्रहरीले जनाएको छ ।

उनलाई हाल भने पौष २ गते इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको टोलीले खोजतलास गर्दा पक्राउ गरी फैसला कार्यान्व्यनको लागी जिल्ला अदालत रुपन्देहीमा पेश गरेको छ । पक्राउ परेका बस्याललाई अदालतको आदेशले कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्हरी नायव उपरिक्षक श्यामु अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै