

जसपा छोडेकी रायमाझी लुम्बिनी प्रदेश सभामा जनमत पार्टीबाट सांसद बनिन्



बुटवल । लुम्बिनी प्रदेशकी मन्त्री सुमन शर्मा रायमाझी यसपालि पनि सांसद भएकी छन्।
जसपाबाट मन्त्री बनेकी उनी सिके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी प्रदेश सदस्यका लागि यसपटक समानुपातिक सूचीमा परेकी हुन । जनमत पार्टीले लुम्बिनीमा प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकतर्फ २ सिट जितेको छ। उक्त दुई सिटमा रायमाझी र गीता गुरूङलाई पठाउने निर्णय जनमत पार्टीको छ।
समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा सिफारिस भएकी रायमाझी यसअघि जसपाबाट प्रदेश सांसद थिइन्। उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन्।
साथै उनी माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसी नेतृत्वको मन्त्रिपरिषदमा कृषी मन्त्री भएकी थिइन्।उनी पार्टी निर्णयविपरीत पोखरेल नेतृत्वको सरकारमा गएकी थिइन्। तर पछि जसपाले कारबाही गर्ने भएपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन्।
माओवादीका केसीको नेतृत्वमा नयाँ सरकार बनेपछि रायमाझीलाई कृषि मन्त्री बनाइएको थियो। उनलाई जसपाले कारबाही गर्दै पार्टीबाट हटाएको थियो। पार्टी निर्णयविरूद्ध उनी सर्वोच्च अदालतमा गएकी थिइन्। उनको मुद्दा सर्वोच्चले तामेलीमा राखेको थियो। उनी अहिले जनमत पार्टीबाट सांसद भएकी छन्।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया