

एलन मस्कलाई उछिन्दै विश्वका धनाढ्य व्यक्ति बने बर्नार्ड अर्नाल्ट

काठमाडौं
विश्वका सर्वाधिक धनाढ्यक व्यक्ति बर्नार्ड अर्नाल्ट बनेका छन् । फोर्ब्स म्यागेजिनका अनुसार चर्चित फेसन ब्रान्ड लुइ भितनका मालिक अर्नाल्टले टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कलाई उछिनेका हुन् ।
नेपाली समय अनुसार बिहीबार साढे ३ बजेसम्म अर्नाल्टकाे कुल सम्पत्ति १८६.६ अर्ब डलर रहेकाे छ । यता मस्ककाे सम्पत्ति १८५.४ अर्ब डलरमा झरेकाे छ ।
फोर्ब्सका अनुसार लुइस भितनको शेयर बढ्दा अर्नाल्टको सम्पत्ति लगातार बढिरहेको छ भने टेस्लाको शेयरमा नाटकीय गिरावट आउँदा मस्कको सम्पत्ति लगातार घटिरहेको छ ।
२०२२ मा मात्र टेस्लाको शेयरमा ५६ प्रतिशतले गिरावट आयो । ट्वीटर प्रयोग गर्दै आफ्नो कम्पनीको शेयर बढाउने मस्कको रणनीतिले यसपटक टेस्लामा ठूलो असर गरेको छ ।
२०२१ को नोभेम्बरमा मस्कको कूल सम्पत्ति ३४० अर्ब पुगेको थियो । ट्वीटरको शेयर खरिदका लागि ४४ अर्ब डलर जम्मा गर्न मस्कले हालसालै टेस्लाको चार अर्ब डलर बराबरको स्टक बेचेका थिए ।
मस्कले ट्वीटर खरिद गरिसकेपछि कम्पनीका कर्मचारलाई बर्खास्त गरेपछि विज्ञापनदाता थप चिन्तित बनेका छन् । मस्कको सम्पत्ति कतिबेला घट्ने र बढ्ने हुन्छ भन्ने कुरा अनुमान गर्नै सकस पर्छ ।
किनभने उनले आफ्नो अधिकांश सम्पत्ति निजी कम्पनीमा लगानी गरेका छन् । मस्कलाई पछि पार्दै बर्नार्ड संसारको सबैभन्दा धनी व्यक्ति बन्दा भारतका गौतम अदानी तेस्रो धनीका रूपमा छन् ।


खबर सबै
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना







प्रतिक्रिया