

गुजरातमा भाजपा दुई तिहाइ बहुमत नजिक, हिमाञ्चलमा भने कांग्रेस आईको बहुमत



एजेन्सी
भारतको गुजरातमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) दुई तिहाइ बहुमत नजिकै पुगेको छ ।
अहिलेसम्मकाे परिणामअनुसार भाजपा एक सय ८२ मध्ये एक सय ५६ सिटमा विजयी उन्मुख छ । कांग्रेस आई १७ सिटमा सीमित छ । आम आदमी पार्टीले पाँच सिटमा अग्रता लिएको छ ।
२०१७ को चुनावमा भाजपाले ९९ सय सिट जितेको थियो । यस पटकको चुनावमा आम आदमी पार्टीले भाजपालाई टक्कर दिने अनुमान गरिए पनि भाजपा यसअघि भन्दा पनि बलियो अवस्थामा पुग्ने देखिएको छ ।
भाजपाले गुजरातमा यस पहिले सन् २००२ मा एक सय २७ सिटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ । यस्तै सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेस सरकारले विधानसभामा हासिल गरेको एक सय ४७ को उच्च चुनावी कीर्तिमानलाई पनि तोड्ने देखिएको छ । गुजरातमा २७ वर्षदेखि भाजपा सत्तामा छ ।
यस्तै हिमाञ्चल प्रदेशमा पनि चुनावको मतगणना भइरहेको छ । हिमाञ्चलमा भने कांग्रेस आईको बहुमत आउने पक्का भएको छ । । ६८ सिटमध्ये कांग्रेसले ४० र भाजपाले २५ सिट जितेका छन् । हिमाञ्चलमा आम आदमी पार्टी शून्यमा रहेको छ । हिमाञ्चलमा सन् २०१७ को विधानसभा चुनावमा भाजपाले ४४ सिट जितेको थियो भने कांग्रेसले २१ सिट जितेको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया