

गुजरातमा भाजपा दुई तिहाइ बहुमत नजिक, हिमाञ्चलमा भने कांग्रेस आईको बहुमत

एजेन्सी
भारतको गुजरातमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) दुई तिहाइ बहुमत नजिकै पुगेको छ ।
अहिलेसम्मकाे परिणामअनुसार भाजपा एक सय ८२ मध्ये एक सय ५६ सिटमा विजयी उन्मुख छ । कांग्रेस आई १७ सिटमा सीमित छ । आम आदमी पार्टीले पाँच सिटमा अग्रता लिएको छ ।
२०१७ को चुनावमा भाजपाले ९९ सय सिट जितेको थियो । यस पटकको चुनावमा आम आदमी पार्टीले भाजपालाई टक्कर दिने अनुमान गरिए पनि भाजपा यसअघि भन्दा पनि बलियो अवस्थामा पुग्ने देखिएको छ ।
भाजपाले गुजरातमा यस पहिले सन् २००२ मा एक सय २७ सिटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ । यस्तै सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेस सरकारले विधानसभामा हासिल गरेको एक सय ४७ को उच्च चुनावी कीर्तिमानलाई पनि तोड्ने देखिएको छ । गुजरातमा २७ वर्षदेखि भाजपा सत्तामा छ ।
यस्तै हिमाञ्चल प्रदेशमा पनि चुनावको मतगणना भइरहेको छ । हिमाञ्चलमा भने कांग्रेस आईको बहुमत आउने पक्का भएको छ । । ६८ सिटमध्ये कांग्रेसले ४० र भाजपाले २५ सिट जितेका छन् । हिमाञ्चलमा आम आदमी पार्टी शून्यमा रहेको छ । हिमाञ्चलमा सन् २०१७ को विधानसभा चुनावमा भाजपाले ४४ सिट जितेको थियो भने कांग्रेसले २१ सिट जितेको थियो ।


खबर सबै
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना







प्रतिक्रिया