

पाल्पामा बिहे भोज खाँदा ८५ जनाभन्दा बढी बिरामी



पाल्पा । पाल्पामा बिहे भोज खाँदा ८५ जनाभन्दा बढी बिरामी परेका छन् । पाल्पाको चिर्तुङधारा घोरबन्दामा बेहुलीको घरमा बिहे भेज खाएका प्यूठानका ४५ जन्ती र बेहुलीपट्टिका ४० जना बिरामी परेका हुन् ।
मंसिर १७ गते शनिबार पाल्पाको बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरू बिरामी परेका हुन् ।
उनीहरुमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने समस्या देखिएको छ ।
भोजमा राँगाको मासु, पुलाउ, बटुक र अचार थियो । कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरेका छन् ।
बिरामी परेकामध्ये बेहुली पक्षकाको पाल्पा मिसन अस्पतालमा र जन्ती पक्षको प्युठान जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया