

दाङमा तत्काल राजधानी नसार्न एमाले रुपन्देहीको माग



बुटवल । नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले बिनापूर्वाधार लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल नसार्न भन्दै ध्यानाकर्षण गराएको छ ।
वर्तमान कामचलाउ सरकारले सस्तो लोकप्रियताका लागि पूर्वाधार तयार नभएको अवस्थामा दाङको भालुवाङमा राजधानी सार्ने हतार गरिरहेको भन्दै यस्तो काम तत्काल रोक्न माग गरेको हो ।
प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ प्रदेशसभा निर्वाचित भइसकेको अवस्थामा कामचलाउ सरकारले कार्यालय थालेको राजधानी सार्ने काम तुरुन्त रोक्न माग गरेको छ ।
आवश्यक पूर्वाधारबिना कार्यालयहरू सार्ने हतार नगर्न सरकारको ध्यानाकर्षण गराएको हो । नयाँ प्रदेशसभा निर्वाचित भइसकेको अवस्थामा नयाँ प्रदेश सरकारले यो काम गर्दा उपयुक्त हुने एमालेको ठहर छ ।
विज्ञप्तिमा बुटवलमा राजधानीका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरू रहेको अवस्थामा पूर्वाधार नभएको स्थानमा राजधानी सार्नु गलत भएको उल्लेख गरिएको छ । यद्यपि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ तोकेको थियो । यसअघि कर्मचारीहरूले समेत राजधानी सार्ने हतार नगर्न सरकारलाई आग्रह गरेका थिए । अमृता अनमाेल / कान्तिपुर


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया