
दाङमा तत्काल राजधानी नसार्न एमाले रुपन्देहीको माग

बुटवल । नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले बिनापूर्वाधार लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल नसार्न भन्दै ध्यानाकर्षण गराएको छ ।
वर्तमान कामचलाउ सरकारले सस्तो लोकप्रियताका लागि पूर्वाधार तयार नभएको अवस्थामा दाङको भालुवाङमा राजधानी सार्ने हतार गरिरहेको भन्दै यस्तो काम तत्काल रोक्न माग गरेको हो ।
प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ प्रदेशसभा निर्वाचित भइसकेको अवस्थामा कामचलाउ सरकारले कार्यालय थालेको राजधानी सार्ने काम तुरुन्त रोक्न माग गरेको छ ।
आवश्यक पूर्वाधारबिना कार्यालयहरू सार्ने हतार नगर्न सरकारको ध्यानाकर्षण गराएको हो । नयाँ प्रदेशसभा निर्वाचित भइसकेको अवस्थामा नयाँ प्रदेश सरकारले यो काम गर्दा उपयुक्त हुने एमालेको ठहर छ ।
विज्ञप्तिमा बुटवलमा राजधानीका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरू रहेको अवस्थामा पूर्वाधार नभएको स्थानमा राजधानी सार्नु गलत भएको उल्लेख गरिएको छ । यद्यपि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ तोकेको थियो । यसअघि कर्मचारीहरूले समेत राजधानी सार्ने हतार नगर्न सरकारलाई आग्रह गरेका थिए । अमृता अनमाेल / कान्तिपुर


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया