

मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण गर्नु हो : चन्द्र भण्डारी





रुपन्देही । कांग्रेस नेता एवं गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा।चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् । उनले आफ्नो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्ने समेत बताए । बहुदलीय व्यवस्था ल्याएको ३० वर्ष पुग्दा पनि जनताको जीवनस्तर जहाँको त्यहीँ रहेको भन्दै उनले परिवर्तन गर्नका लागि भ्रष्टाचार नै रोक्नुपर्ने उनको भनाई छ ।
प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले मुलुकमा सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको भन्दै त्यसको नियन्त्रण हुन नसकेको आफ्नो पार्टी भित्रको युवा समूहको ठहर रहेको बताए ।
उमेरले भन्दा पनि विचारले युवा भएको नेतृत्व मुलुकले खोजेको बताउँदै भण्डारीले विचारमा उर्जा र युवा जोश भएको नेतृत्व आजको आवश्यकता भएको बताए । निर्वाचित जनप्रतिनिधिहरू पार्टीको रसिदमा झुन्डिएका कारण मुलुकले गति लिन नसकेको उनको भनाई छ । जनप्रतिनिधिहरूलाई सदस्यताको रसिदभन्दा माथि उठेर काम गर्न उनले आग्रह गरे । आफू चुनाव प्रचारमा हिँड्दा किसानहरू आत्महत्या गर्ने अवस्थाको डिप्रेशनमा गएको पाएको भन्दै भण्डारीले नेताहरू पदको दलाल जस्तो देखिएको आरोप लगाए । ‘सबैतिर माफियाको बोलवाला छ, कसरी हुन्छ विकास ?’ उनले प्रश्न गरे ।
अहिलेको निर्वाचनमा पार्टीमा फरक मत राख्न सक्ने युवाहरू निर्वाचित भएको भन्दै भण्डारीले त्यही फरक मत राख्न सक्ने युवाको टिमले पार्टीलाई जोगाउँदै नयाँ योजना ल्याएर अघि बढ्ने दावी गरे ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया