

मेलाको विरोधमा तुलसीपुर बजार बन्द



दाङ । तुलसीपुरमा आजदेखि सञ्चालन हुन लागेको महोत्सवको विरोधमा व्यवसायीले तुलसीपुर उपमहानगरपालिकामा ताला लगाएका छन्। व्यवसायीहरूले ताला लगायपछि तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल कार्यकक्षमै थुनिएका छन्।
व्यापारीहरूले ताला लगाउनका लागि प्रमुख प्रशासकीय अधिकृत पौडेललाई बाहिर निस्कन आग्रह गर्दा उनले अटेर गरेपछि व्यवसायीले उनलाई कार्यकक्षमै थुनेको तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक शरद रेग्मीले जानकारी दिए। उपमहानगरपालिकामा ताला लगाएपछि अहिले मेयर टीकाराम खड्का र अन्य कर्मचारी बाहिर बसेका छन्।
आजदेखि सञ्चालन हुने मेला नरोकिदासम्म ताला नखोल्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए। महोत्सवको विरोधमा दाङ जिल्लाभरका उद्योग वाणिज्य संघका पदाधिकारी तुलसीपुर आएका छन्।
यसअघि जिल्ला प्रशासन कार्यालयको आदेश कार्यान्वयन नगरेको भन्दै व्यवसायीहरूले इलाका प्रहरी कार्यालय तुलसीपुरमा आधा घण्टा धर्ना दिएका थिए।
यस्तै महोत्सवको विरोधमा तुलसीपुर बजार बन्द गरिएको छ। बिहानैदेखि तुलसीपुर उद्योग वाणिज्य संघले मेलाको विरोधमा बजार बन्द गराएको छ। बुधबार पनि उद्योग वाणिज्य संघले बजार बन्द गराएको थियो।
महोत्सवको विरोधमा तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्सको संयुक्त आह्वानमा बजार बन्द गरिएको हो। यता मेला आयोजक युथ्स अफ तुलसीपुरले भने कुनै पनि हालतमा महोत्सव नरोकिने जनाएको छ।
आज बिहान साढे ११ बजेदेखि तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिर परिसरबाट झाँकी जुलुससहित महोत्सव स्थलमा गएर मेला उद्घाटन गर्ने जनाएको छ। झाँकी जुलुसमा सहभागी हुन सबैलाई आयोजकले आग्रह गरेको छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया