

नोभेम्बरमा ७२ हजार बढी पर्यटकले नेपाल घुमे





काठमाण्डौ । सन् २०२२ को नोभेम्बर महिनामा नेपालमा ७२ हजार ६ सय जनाभन्दा धेरै विदेशी पर्यटक आएका छन् । नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । भारतबाट नोभेम्बरमा २० हजार पाँच सय ३२ जना पर्यटक आएका छन् । दक्षिण एसियाबाट नेपाल आएका पर्यटकको सङ्ख्या २४ हजार पाँच सय ९९ जना रहेको छ । यस्तै एसियाका अन्य देशबाट नौ हजार चार सय १५ जना पर्यटक नेपाल आएका छन् ।
युरोपबाट १७ हजार दुई सय ९९ जना नेपाल आएकामा बेलायतका मात्रै पाँच हजार एक सय जना रहेका छन् । अस्ट्रेलिया र न्युजिल्यान्डबाट तीन हजार छ सय ७७ जना र अमेरिकी देशबाट नौ हजार १५ जना पर्यटक नेपाल आएका छन् । यस्तै मध्यपूर्वका देशबाट आठ सय ७६ जना र अन्य देशबाट सात हजार आठ सय ४२ जना गरी नोभेम्बरमा ७२ हजारभन्दा धेरै पर्यटक नेपाल आएका हुन् ।
गएको वर्षको नोभेम्बर महिनाको तुलनामा यो सङ्ख्या झन्डै तेब्बरले धेरै हो । गएको वर्षको नोभेम्बरमा २६ हजार एक सय ३५ जना पर्यटक नेपाल आएका थिए । यस्तै कोरोना महामारी सुरु हुनुअघिको वर्ष सन् २०१९ मा नेपालमा नोभेम्बरमा एक लाख ३० हजार पर्यटक नेपाल आएका थिए ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया