

रुपन्देहीमा १ वर्ष देखि फरार अभियुक्त पक्राउ



रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका –५ का एक वर्षदेखि फरार अभियुक्त यमलाल पाण्डे पक्राउ परेका छन् । २०७६ सालमा बुटवलमा पाण्डेको सवारीले ठक्कर दिँदा एक जना स्थानीयको मृत्यु भएपछि उनलाई जिल्ला अदालत रुपन्देहीले एक वर्षको कैद र दुई हजार रुपियाँ जरिवाना तोकेको थियो । सोपछि उनी फरार भएका थिए ।
दुर्घटनामा आफ्नो मान्छेको ज्यान गएपछि मृतकका आफन्त मीनबहादुर घर्तीले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिनुभएको थियो । अभियुक्त पाण्डे रुपन्देहीमै लुकिछिपी बसेको थाहा पाएपछि प्रहरीले उनको निगरानी गरिरहेको थियो ।
१३ गते मंगलबार बिहान इलाका प्रहरी सालझण्डीको टिमले उनलाई घरबाट पक्राउ गरेको इप्रका सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताउनुभयो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया