

कपिलवस्तुमा आमाले दिइन छोरीको जन्म दिनमा बिमा पोलिसी उपहार



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित एक परिवारले छोरीको जन्मदिनमा जीवन विमा अन्र्तगत बाल श्री पोलिसी उपहार प्रदान गरेका छन् ।
बाणगङा –९ भर्लाबासमा माधुरी सेन ओलीले आफ्नी छोरी एड्रीनाको पाँचौ जन्मा दिनको अवसरमा १० लाख बराबरको सानिमा बाल श्री बिमा पोलिसी उपहार प्रदान गर्नुभएको हो । सानिमा लाइफ इन्स्योरेन्स कि अभिकर्ता समेत रहनुभएकी माधुरी सेन ओलिले जन्म दिनमा अन्य उपमहार प्रदान गर्नुको साटो बालबालिकाको भविष्यको लागि बिमा पोसिली उपहार स्वरुप प्रदान गरेको बताउनुभयो । उहाँले फजुल खर्च गरेर पश्चिमा शैलीमा केक काटेर जन्म दिन मनाउनु भन्दा बिमा गरेर उसको भविष्यमा हुने पढाइ खर्चका लागि बिमा पोलिसीले काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सानिमा लाइफ जितपुर शाखा प्रमुख दीपक कुँवरले पोलिसी हस्तान्तरण गर्दै बिमा बचत भनेको बचतहरुमा उत्कृष्ट बचत भएको बताउदै अझ यो सानिमा बाल श्री बिमा योजना निकै राम्रो र बालबालिकाको भविष्य सुनिश्चित गर्ने गतिलो माध्यम भएको बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया