

कपिलवस्तुमा आमाले दिइन छोरीको जन्म दिनमा बिमा पोलिसी उपहार



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित एक परिवारले छोरीको जन्मदिनमा जीवन विमा अन्र्तगत बाल श्री पोलिसी उपहार प्रदान गरेका छन् ।
बाणगङा –९ भर्लाबासमा माधुरी सेन ओलीले आफ्नी छोरी एड्रीनाको पाँचौ जन्मा दिनको अवसरमा १० लाख बराबरको सानिमा बाल श्री बिमा पोलिसी उपहार प्रदान गर्नुभएको हो । सानिमा लाइफ इन्स्योरेन्स कि अभिकर्ता समेत रहनुभएकी माधुरी सेन ओलिले जन्म दिनमा अन्य उपमहार प्रदान गर्नुको साटो बालबालिकाको भविष्यको लागि बिमा पोसिली उपहार स्वरुप प्रदान गरेको बताउनुभयो । उहाँले फजुल खर्च गरेर पश्चिमा शैलीमा केक काटेर जन्म दिन मनाउनु भन्दा बिमा गरेर उसको भविष्यमा हुने पढाइ खर्चका लागि बिमा पोलिसीले काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सानिमा लाइफ जितपुर शाखा प्रमुख दीपक कुँवरले पोलिसी हस्तान्तरण गर्दै बिमा बचत भनेको बचतहरुमा उत्कृष्ट बचत भएको बताउदै अझ यो सानिमा बाल श्री बिमा योजना निकै राम्रो र बालबालिकाको भविष्य सुनिश्चित गर्ने गतिलो माध्यम भएको बताउनुभयो ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया