

अर्घाखाँचीमा मतपेटिकामा पत्र भेटियो, उम्मेदवारमा संस्कार भएन र मतदान गरिनँ



अर्घाखाँची । अर्घाखाँचीमा मतगणनाको समयमा पटक पटक परिक्षण भएका नेतालाई कति भोट हाल्नु भन्दै मतदाताले आफ्ना गुनासा मतदान गर्ने क्रममा मत पेटिकामा पत्र राखेको पाइएको छ । जसअनुसार मत गणनाको क्रममा सन्धिखर्क नगरपालिकाका मतदाताले यस्तो गुनासो राखेको भेटिएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिए ।
पत्रमा भनिएको छ, ‘मंसिर ४ गते कालो दिन कुनै पनि उम्मेदवारमा पनि राजनितिक संस्कार पाइन र मतदान गरिन ।’ पत्रमा भनिएको छ ।
स्थानीय, प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा जिल्लाको विकास योजना बाड्ने विकासमा कसैले ध्यान पुगेको नपाएको भन्दै विकासका निम्ति आएका अर्बौं बजेट नेता र विचौलिया मिलेर खाएको कुरा पत्रमा लेखिएको छ । जिल्लाको मुख्य गोरुसिंगे सडक सन्धिखर्क सडक,जिल्ला अस्पतालको हालत,एउटा राम्रो कलेज,सन्धिखर्क बजारको जग्गा अतिक्रमण,गरिबी वेरोजगारीको समस्या राखिएको असन्तुष्ट मतदाता भनेर राखेको पत्रमा भनिएको छ ।
यस्तै अबको करिव पाँच वर्ष पछि हुने स्थानीय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिकाको मेयर पदमा उम्मेदवार दिएर विजयी भएर देखाउने पनि पत्रमा लेखेका छन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने








प्रतिक्रिया