

अर्घाखाँचीमा मतपेटिकामा पत्र भेटियो, उम्मेदवारमा संस्कार भएन र मतदान गरिनँ




अर्घाखाँची । अर्घाखाँचीमा मतगणनाको समयमा पटक पटक परिक्षण भएका नेतालाई कति भोट हाल्नु भन्दै मतदाताले आफ्ना गुनासा मतदान गर्ने क्रममा मत पेटिकामा पत्र राखेको पाइएको छ । जसअनुसार मत गणनाको क्रममा सन्धिखर्क नगरपालिकाका मतदाताले यस्तो गुनासो राखेको भेटिएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिए ।
पत्रमा भनिएको छ, ‘मंसिर ४ गते कालो दिन कुनै पनि उम्मेदवारमा पनि राजनितिक संस्कार पाइन र मतदान गरिन ।’ पत्रमा भनिएको छ ।
स्थानीय, प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा जिल्लाको विकास योजना बाड्ने विकासमा कसैले ध्यान पुगेको नपाएको भन्दै विकासका निम्ति आएका अर्बौं बजेट नेता र विचौलिया मिलेर खाएको कुरा पत्रमा लेखिएको छ । जिल्लाको मुख्य गोरुसिंगे सडक सन्धिखर्क सडक,जिल्ला अस्पतालको हालत,एउटा राम्रो कलेज,सन्धिखर्क बजारको जग्गा अतिक्रमण,गरिबी वेरोजगारीको समस्या राखिएको असन्तुष्ट मतदाता भनेर राखेको पत्रमा भनिएको छ ।
यस्तै अबको करिव पाँच वर्ष पछि हुने स्थानीय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिकाको मेयर पदमा उम्मेदवार दिएर विजयी भएर देखाउने पनि पत्रमा लेखेका छन् ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध












प्रतिक्रिया