

साढे १२ हजार मतान्तरले प्रधानमन्त्री देउवा विजयी, संसदकाे सातौँ यात्रा सुनिश्चित



काठमाडौँ
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा साढे १२ हजार मतान्तरले प्रतिनिधि सभाका लागि विजयी बन्नुभएको छ । डडेलधुराबाट उहाँ सातौँपटक संसद सदस्यका लागि निर्वाचित हुनुभएको हो ।
यही मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा उहाँले कुल २५ हजार ५३४ मत लिएर विजय हासिल गर्नुभयो । गुल्मीबाट डडेल्धुरा गएर उहाँलाई चुनौती दिनुभएका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभयो । यसैगरी नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले ७ हजार ५३५ मत लिएर तेस्रो स्थानमा रहनुभयो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कुल ५१ हजार २०३ मत गणना भएको र त्यसमा ३ हजार १८७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया