
साढे १२ हजार मतान्तरले प्रधानमन्त्री देउवा विजयी, संसदकाे सातौँ यात्रा सुनिश्चित

काठमाडौँ
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा साढे १२ हजार मतान्तरले प्रतिनिधि सभाका लागि विजयी बन्नुभएको छ । डडेलधुराबाट उहाँ सातौँपटक संसद सदस्यका लागि निर्वाचित हुनुभएको हो ।
यही मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा उहाँले कुल २५ हजार ५३४ मत लिएर विजय हासिल गर्नुभयो । गुल्मीबाट डडेल्धुरा गएर उहाँलाई चुनौती दिनुभएका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभयो । यसैगरी नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले ७ हजार ५३५ मत लिएर तेस्रो स्थानमा रहनुभयो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कुल ५१ हजार २०३ मत गणना भएको र त्यसमा ३ हजार १८७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया