

अघिल्लो चुनावभन्दा करिब सात प्रतिशत बिन्दुले न्यून मतदान



काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अघिल्लो पटकभन्दा यसपटक कम मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार यसपटक ६१ प्रतिशत मतदान भएको छ । जुन निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो । विसं २०७४ मा मङ्सिर १० र २१ गते गरी दुई चरणमा गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६८ दशमलव ६७ प्रतिशत मतदान भएको आयोगको विवरण छ । यसपटकको निर्वाचनमा भएको मतदानको प्रारम्भिक विवरण हेर्दा अघिल्लो पटकभन्दा सात दशमलव ६७ बिन्दुले न्यून मतदान भएको देखिएको हो ।
त्यस्तै, यो निर्वाचनमा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको तुलनामा पनि न्यून मतदान भएको देखिन्छ । स्थानीय तहको निर्वाचनमा ६६ दशमलव ८६ प्रतिशत मत खसेको थियो ।
विसं २०७४ को चुनावमा अन्तिम मतदाता नामावलीमा नाम रहेका मतदाताको सङ्ख्या एक करोड ५४ लाख २७ हजार नौ सय ३८ थियो । जसमध्ये एक करोड पाँच लाख ९३ हजार नौ सय ९१ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।
यसपटकको चुनावमा अन्तिम मतदाता नामावलीमा रहेका मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको अघिल्लो चुनावमा भन्दा यसपटक थपिएका मतदाताको सङ्ख्या २५ लाख ६० हजारभन्दा बढी छ ।
निर्वाचन आयोगका अनुसार आइतबार केही स्थानको चुनाव भने स्थगित भएको छ । नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौरलगायत अन्य आठ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको आयोगले जनाएको छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया